Embossed Number Plate Nepal । इम्बोस्ड नम्बर प्लेट कसरी लिने? How to obtain Embossed Number Plate?

इम्बोस्ड नम्बर प्लेट के हो ?

इम्बोस्ड नम्बर प्लेट क्यामेराले पढ्न मिल्ने प्लेट हो ।
जसमा गाडीको जीपीएस प्रणालीमा माइक्रोचिप जडान गरिएको हुन्छ।
यो RFID टेक्नोलोजीमा आधारित डिजिटल प्रणाली हो।

यसले सवारी साधनको डिजिटल रेकर्ड कायम राख्न, समयमै राजस्व सङ्कलन, सवारी साधनको अनुगमन र सवारी चोरी नियन्त्रणमा प्रभावकारी बनाउँछ।



के यो अंग्रेजीमा मात्र उपलब्ध छ?

अरबी, बंगाली, फ्रेन्च र जर्मन भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने अभ्यास भएको छ ।
त्यसैले देवनागरी लिपिमा पनि इम्बोस्ड नम्बर प्लेट राख्न सकिन्छ ।
यसले हाम्रो संस्कृति, परम्परा र देवनागरी लिपिको संरक्षण गर्नेछ ।


सरकार अनुसार अंग्रेजी एम्बोस्ड नम्बर किन आवश्यक छ?
सरकारको धारणा यस्तो छ:

नेपालले भुटान, बंगलादेश र भारतसँग बीबीआईएन मोटर भेहिकल सम्झौता गरेको छ ।

नेपाल वान बेल्ट वान रोड अवधारणाको पक्षमा छ ।

त्यसैले नेपाली सवारीसाधन अन्य देशमा चलाउन अङ्ग्रेजी इम्बोस्ड नम्बर प्लेट आवश्यक छ ।

सरकारलाई मेरो प्रश्न छ:

भुटान, चीन र जापानले आ–आफ्नो भाषामा इम्बोस्ड नम्बर प्लेट ल्याएका छन् भने नेपालीमा किन सम्भव छैन ?



इम्बोस्ड नम्बर प्लेटको लागि कति लाग्छ?

दुई पाङ्ग्रे सवारी: रु. २,५००
तीन पाङ्ग्रे: रु. २,९००
सानो चार पाङ्ग्रे सवारी: रु. ३,२००
ठूला चार पाङ्ग्रे गाडी: रु. ३,४००


इम्बोस्ड नम्बर प्लेट कसरी लिने?

यस वेबसाइटमा Log In गर्नुहोस्
https://hsenp.dotm.gov.np/

आवश्यक विवरणहरू भर्नुहोस्।

एकपटक तपाईंले दर्ता फारम भर्नु भएपछि, तपाईंले यसलाई अन्य कागजातहरू र दुई फोटोहरू सहित यातायात व्यवस्थापन कार्यालयमा बुझाउनु पर्छ।

तपाईंले आफ्नो फारम पेश गरेपछि दुई देखि तीन कार्य दिन भित्रमा आफ्नो नयाँ इम्बोस्ड नम्बर प्लेट पाउनुहुनेछ।

Video:
इम्बोस्ड नम्बर प्लेट के हो ?,
इम्बोस्ड नम्बर प्लेटको लागि कति खर्च लाग्छ?,
इम्बोस्ड नम्बर प्लेट कसरी लिने?,
What is an Embossed Number Plate?
What are the costs of an Embossed Number Plate?
How to obtain an Embossed Number Plate?

Post a Comment

0 Comments